
२८ पुस, अछाम । मुलुकी अपराध संहिताले महिनावारी भएका बेला गरिने विभेदलाई अपराध मानेको छ । यो कुप्रथा हटाउन लाग्नुपर्ने मुल दायित्व बोकेका अछाम र बझाङका महिला जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउ बार्ने गरेका छन् ।
बझाङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएका बेला घरभित्रै बसेपनि भान्सा र धारा छुने छुट छैन् । घरभित्र बस्न पनि उनले थुप्रै संधर्ष गर्नुपर्यो ।
त्यस्तै बझाङमा छाउप्रथा हटाउन क्रियासील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी पनि छाउ बार्छिन् । आफ्नै कोठामा सुतेपनि भान्सा सम्म छुने उनको आँट नभएको उनी बताउँछिन् ।
अछाममा पनि उस्तै छ । सार्वजनिक पद धारण गरेका व्यक्ति नै छाउ बार्छन् । १० वटा स्थानीयतहमा १ सय ९० महिला जनप्रतिनिधि छन् । सबैले छाउ बार्छन ।आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७५ पुस २८ शनिवार ०८:०५ मा प्रकाशित






























