२८ पुस, काठमाडौं । व्यवसायी अजयराज सुमार्गीको बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । सुमार्गी संचालक रहेको मुक्ति श्री सिमेन्ट उद्योगका नाममा इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा जम्मा रकम शंकास्पद देखिएकाले उनले निकालेको पैसा फिर्ता गर्न सर्वोच्चले आदेश दिइसकेको छ ।
प्रधानन्यायाधिश चोलेन्द्र सम्सेर राणा र न्यायाधिश दीपकराज जोशीाट भएको अल्पकालिन अन्तरिम आदेश विहिबार खारेज गर्दै बैंकबाट सुमार्गीले झिकेको रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकलाई आदेश दिएको थियो । आजको नागरिक दैनिकबाट