back
CTIZAN AD

स्थानीय समन्वय समिति अलखोबर पाँचौ अधिबेशन सम्पन्न

वि.सं.२०७५ पुस २७ शुक्रवार

672 

shares

साउदि अरबको पूर्वीक्षेत्रस्थित अलखोबरमा शुक्रबार गैरआवासिय नेपाली संघ स्थानीय समितिको अधिबेशन सम्पन्न भएको छ ।

अलखोरको क्लासिक रेस्टुरेन्टमा सम्पन्न अधिबेशनले बिष्णु भन्डारीको अध्यक्षता ७ सदस्यीय समिति घोषणा गरेको हो । नयाँ कार्यसमितिमा क्रमश ः अध्यक्ष बिष्णु भण्डारी, सचिबमा पूर्ण सुनुवार, सदस्यहरुमा कमल कडेल, मानबहादुर घले, बिर्ख राम तमाङ,टिकाराम प्रसाइ, मोहम्मद अख्लाख चयन भएका छन् ।

क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्र मातहतमा रहेको अलखोबर स्थानीय समितिको यो पाचौं अधिबेशन हो । अधिबेशनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, क्षेत्रीय समन्वय समितिका पदाधिकारी तथा एनआरएनए पञ्जिकृत सदस्य एवम् शुभचिन्तकहरुको समुपस्थिति रहेको थियोे ।


क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष चन्द्रमणि भण्डारीको सभाध्यक्षता रहेको कार्यक्रमलाई नरेन्द्र ब. कार्कीले संचालन गरेका थिए भने कोषाध्यक्ष चित्र कुमार राइले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।

नवगठित समितिको घोषणासँगै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा तथा सदस्य भोला नाथ पौडेल तथा निवर्तमान अध्यक्ष जीवन लुईटेल लगायतका पदाधिकारीहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रमका दौरान साउदी बसाइँलाई बिट मारेर नेपाल फर्कदै गरेका स्थानीय समन्वय समिति अलखोबरका भुतपुर्व उपाध्यक्ष चक्र बि. क. लाई बिदाई तथा सम्मान समेत गरिएको थियोे ।

 

वि.सं.२०७५ पुस २७ शुक्रवार १८:०२ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...