back

स्थानीय समन्वय समिति अलखोबर पाँचौ अधिबेशन सम्पन्न

वि.सं.२०७५ पुस २७ शुक्रवार

345 

shares
GLOBAL IME AD
NTC AD

साउदि अरबको पूर्वीक्षेत्रस्थित अलखोबरमा शुक्रबार गैरआवासिय नेपाली संघ स्थानीय समितिको अधिबेशन सम्पन्न भएको छ ।

अलखोरको क्लासिक रेस्टुरेन्टमा सम्पन्न अधिबेशनले बिष्णु भन्डारीको अध्यक्षता ७ सदस्यीय समिति घोषणा गरेको हो । नयाँ कार्यसमितिमा क्रमश ः अध्यक्ष बिष्णु भण्डारी, सचिबमा पूर्ण सुनुवार, सदस्यहरुमा कमल कडेल, मानबहादुर घले, बिर्ख राम तमाङ,टिकाराम प्रसाइ, मोहम्मद अख्लाख चयन भएका छन् ।

क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्र मातहतमा रहेको अलखोबर स्थानीय समितिको यो पाचौं अधिबेशन हो । अधिबेशनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, क्षेत्रीय समन्वय समितिका पदाधिकारी तथा एनआरएनए पञ्जिकृत सदस्य एवम् शुभचिन्तकहरुको समुपस्थिति रहेको थियोे ।


क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष चन्द्रमणि भण्डारीको सभाध्यक्षता रहेको कार्यक्रमलाई नरेन्द्र ब. कार्कीले संचालन गरेका थिए भने कोषाध्यक्ष चित्र कुमार राइले स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।

नवगठित समितिको घोषणासँगै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा तथा सदस्य भोला नाथ पौडेल तथा निवर्तमान अध्यक्ष जीवन लुईटेल लगायतका पदाधिकारीहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रमका दौरान साउदी बसाइँलाई बिट मारेर नेपाल फर्कदै गरेका स्थानीय समन्वय समिति अलखोबरका भुतपुर्व उपाध्यक्ष चक्र बि. क. लाई बिदाई तथा सम्मान समेत गरिएको थियोे ।

 

वि.सं.२०७५ पुस २७ शुक्रवार १८:०२ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...