back
CTIZAN AD

गलेश्वर आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा

वि.सं.२०७५ पुस २९ आइतवार

918 

shares

२९ पुस, गलेश्वर ।  म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ ।

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा लायन्स क्लब बेनी महरानीले समेत आश्रमका ज्येष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको क्लबकी अध्यक्ष हीरा पौडेलले बताए ।

दुवै संस्थाले प्रतिसंस्था रु १५ हजार मूल्य बराबरका न्यानो कपडा सहयोग गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ७५ वृद्धवृद्धाले आश्रय लिएका छन् ।

पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता

राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइ म्याग्दीले जिल्लामा पुनःनिर्माण कार्यलाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । शनिबार जिल्लाका छवटै स्थानीयतहका प्रमुख र राष्ट्रिय पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख शिवराम गेलालले १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर पुनःनिर्माण कार्यलाई छिटो अघि बढाउने सम्झौता गरेका हुन् ।

अब जिल्लाको पुनःनिर्माणसम्बन्धी कार्यको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ आयोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख गेलालले भन्नुभयो । समझदारीपत्रमा नगर तथा गाउँपालिकाका इञ्जिनीयर, सब–इञ्जिनीयर, असिस्टेण्ट सब–इञ्जिनीयर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काम लगाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका तथा गाउँपालिकाको हुने उल्लेख गरिएको छ ।

स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने सम्पदा, निजी आवास, एकीकृत बस्ती, स्थानीय पूर्वाधार आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित स्थानीय तहमा पठाउने र समन्वयमा स्थानीय पुनःनिर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने उल्लेख छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाको समेत सहभागिता रहेको थियो ।

वि.सं.२०७५ पुस २९ आइतवार ११:०१ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...