back
CTIZAN AD

टिपरले ठक्कर दिँदा बालकको मृत्यु

वि.सं.२०७५ पुस २९ आइतवार

822 

shares

२९ पुस, गौशाला । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

बिहान करीब ८ बजे गौशालाबाट सम्सी जाँदै गरेको ना७ख ६४२७ नंको ट्रिपरले सम्सी गाउँपालिका–२ स्थित सडकमा बालक सदाम शेखलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ पुस २९ आइतवार १३:०४ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...