Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

नेप्सेमा दुई अङ्कको सुधार



काठमाडौँ। मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से आज २.४६ अङ्कले माथि उक्लिएको छ ।

होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ ।

सबैभन्दा बढी बिमा समूहको परिसूचकमा १०५ अङ्कले बढेकाले समग्र नेप्सेमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जलविद्युत् आधा र विकास बैंक ६.३९ अङ्कले ओरालो लागेको छ । बुधबार दिनभर १३० कम्पनीको रु ८१ करोड ८२ लाख सेयर कारोबार भएको छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको छ करोड ३७ कित्ता अर्थात् रु छ करोड २० लाख सेयर किनबेच भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले