back
CTIZAN AD

भक्तपुर उद्योग वाणिज्य सङ्घले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने

वि.सं.२०७३ कात्तिक १० बुधवार

1.1K 

shares

भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घले स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

आगामी मङ्सिर २४ गतेदेखि २९ गतेसम्म भक्तपुर नगरपालिका–१७ स्थित सल्लाघारीको ९९ सय रोपनी खुल्ला मैदानमा सो मेलाको आयोजना गरिएको सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, निर्माण सामग्री व्यापार सङ्घ, फर्निचर तथा फिर्निसिङ व्यवसायी सङ्घलगायत जिल्लाका विभिन्न ३३ वटा वस्तुगत सङ्घसंस्थाको सहभागिता रहनेछ । सो मेलामा १७२ वटा कक्षमा भारत, भुटान, बङ्गलादेश, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, अमेरिका लगायतका देशका सामग्री राखिनेछ ।

रु ६६ लाख खर्च हुने सो मेलामा करिब रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेलाको लागो आज सार्वजनिक गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ११:०६ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...