back

भक्तपुर उद्योग वाणिज्य सङ्घले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने

वि.सं.२०७३ कात्तिक १० बुधवार

558 

shares
GLOBAL IME AD
NTC AD

भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घले स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

आगामी मङ्सिर २४ गतेदेखि २९ गतेसम्म भक्तपुर नगरपालिका–१७ स्थित सल्लाघारीको ९९ सय रोपनी खुल्ला मैदानमा सो मेलाको आयोजना गरिएको सङ्घका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, निर्माण सामग्री व्यापार सङ्घ, फर्निचर तथा फिर्निसिङ व्यवसायी सङ्घलगायत जिल्लाका विभिन्न ३३ वटा वस्तुगत सङ्घसंस्थाको सहभागिता रहनेछ । सो मेलामा १७२ वटा कक्षमा भारत, भुटान, बङ्गलादेश, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, अमेरिका लगायतका देशका सामग्री राखिनेछ ।

रु ६६ लाख खर्च हुने सो मेलामा करिब रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेलाको लागो आज सार्वजनिक गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ११:०६ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बुर्तिबाङमा प्रभु बैंकको ”ग्लोबल मनी वीक २०२५” को र्‍याली

बाग्लुङ । प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङ्ग जिल्लाको पश्चिम...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...