back

जनता बैंकका शेयरधनीले ८.५० प्रतिशत नगद लाभाँश पाउने

वि.सं.२०७५ पुस ३० सोमवार

564 

shares
GLOBAL IME AD
NTC AD

 

३० पुस, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा पुस २९ गते अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा नवौं वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. ६८,००,६६,८०३.२५÷— (अक्षरेपी अड्सठ्ठी करोड, छैसठ्ठी हजार आठसय तीन र पैसा पच्चीस मात्र) बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

सो सभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा क्ब्च् ब्ककयअष्बतभक, ऋजबचतभचभम ब्अअयगलतबलतक नियुक्त गर्ने निर्णय गरेको समेत गरेको जनाएको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनीमार्फत् शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानी रु. ६३ अर्ब पुगेको छ ।
बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ पनि कम्पनी सचिव विश्व सुवेदीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

वि.सं.२०७५ पुस ३० सोमवार १०:११ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...