back
CTIZAN AD

जनता बैंकका शेयरधनीले ८.५० प्रतिशत नगद लाभाँश पाउने

वि.सं.२०७५ पुस ३० सोमवार

918 

shares

 

३० पुस, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा पुस २९ गते अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा नवौं वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. ६८,००,६६,८०३.२५÷— (अक्षरेपी अड्सठ्ठी करोड, छैसठ्ठी हजार आठसय तीन र पैसा पच्चीस मात्र) बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

सो सभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा क्ब्च् ब्ककयअष्बतभक, ऋजबचतभचभम ब्अअयगलतबलतक नियुक्त गर्ने निर्णय गरेको समेत गरेको जनाएको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनीमार्फत् शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानी रु. ६३ अर्ब पुगेको छ ।
बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ पनि कम्पनी सचिव विश्व सुवेदीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

वि.सं.२०७५ पुस ३० सोमवार १०:११ मा प्रकाशित

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने...

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

काठमाडौं । नेपाल र स्पेनबीच व्यापार, लगानी तथा निजी क्षेत्रको...