
अमेरिकाको टेक्सासमा बसोबास गर्ने मगर समुदायको बृहद् भेलाले मगर संघ टेक्सास च्याप्टर गठन गरेको छ ।
१३ जनवरीका दिन गठन गरिएको मगर संघ टेक्सासको अध्यक्षमा भुवन सिंह आले मगर चयन भएका छन् ।
मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदीप मगरको उपस्थितिमा गठन गरिएको मगर संघ च्याप्टर टेक्सासको उपाध्यक्ष्यमा नरबहादुर थापामगर,सचिबमा सालीक थापामगर, सहसचिबमा भीम थापामगर, कोषाध्यक्षमा कमला थापा मगर,सहकोषाध्यक्षमा रिमबहादुर थापामगर र सदस्यहरूमा कमल मगर,राजेन्द्र थापामगर, गंगा सिंजलीमगर, रबिन थापामगर र साबित्री थापामगर रहेका छन् ।