२ माघ काठमाडौ । दुई साता यता प्रहरीले ठुलो मात्रामा गैरकानुनी आर्थिक करोबार हुन्डीको रकम बरामद गरेको छ । हुन्डी कारोबार काठमाडौ देखि विरगन्ज र वीराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ । संगठित रुपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन् ।
एक वर्षयता हुन्डी कारोबारबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ । १० जना भन्दा बढी पक्राउ परिसकेका छन् । अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुन्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखा सक्रिय छ । प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन् । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।