Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन शीर्ष नेताबीच छलफल



three-big-power

१० कात्तिक,काठमाडौँ  । प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न सजिलो छैन भन्ने विषयमा र संशोधनका लागि मधेस केन्द्रित दलसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो ।

बैठकमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो, “महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन । महाअभियोगको प्रस्ताव सम्बन्धीत समितिबाट प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हाम्रो धारणा हो ।” बैठकमा सभापति देउवा र अध्यक्ष ओलीका साथै प्रधानमन्त्री एवम् (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।

गत साता माओवादी केन्द्र र एमालेका १५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।