back
CTIZAN AD

तीन शीर्ष नेताबीच छलफल

वि.सं.२०७३ कात्तिक १० बुधवार

924 

shares

three-big-power

१० कात्तिक,काठमाडौँ  । प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का तीन शीर्ष नेताबीच व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न सजिलो छैन भन्ने विषयमा र संशोधनका लागि मधेस केन्द्रित दलसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो ।

बैठकमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो, “महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन । महाअभियोगको प्रस्ताव सम्बन्धीत समितिबाट प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हाम्रो धारणा हो ।” बैठकमा सभापति देउवा र अध्यक्ष ओलीका साथै प्रधानमन्त्री एवम् (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।

गत साता माओवादी केन्द्र र एमालेका १५७ जना सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:३९ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...