back
CTIZAN AD

डा. केसीको सत्याग्रहप्रति शान्ति समाजको ऐक्यवद्धता

वि.सं.२०७५ माघ ३ बिहीवार

726 

shares

३ माघ इलाम । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित इलाममा १६ औँ पटक अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई २०७५ माघ १ गते इलाममा भेटी उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै केसीले थालेको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

यसै सन्दर्भमा केसीसँग सरकारले विगतमा गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रह गर्दै समाजका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । भने शान्ति समाजको प्रतिनिधिमण्डलले इलामका प्रमुख जिल्ला अधिकारीलाई पनि उक्त पत्र हस्तान्तरण गरेको छ ।

शान्ति समाज केन्द्रीय कार्यसमितिका उपसभापति विष्णुप्रसाद चापागाईको नेतृत्वमा केसीलाई भेट्ने १२ सदस्यीय प्रतिनिधिमण्डलमा शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे, केन्द्रीय सदस्य विकास थापा,सुनसरी शाखा पुर्व सभापति सन्तोष रौनियार, झापा शाखा सभापति महेन्द्र विलास लुइटेल, झापा शाखा पूर्व सभापतिहरु पुष्पराज पौडेल, टिकेन्द्र खनाल,ज्ञानेन्द्र निरौला लगायत सम्मिलित थिए । समाजका तर्फबाट प्रधानमन्त्रीलाई लेखिएको पत्र यस प्रकार छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौँ नेपाल  ।

विषय : सत्याग्रही डा .गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सत्याग्रही प्रा. डा.गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित विगतमा १५ पटक अनसन बसिसकेका र पछिल्लो अनसनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकारले उक्त मागहरु स्वीकार गरी सहमति भएपछि अनसन टुगिंएको विदितै छ । तर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपरोक्त सहमति विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिनु दुर्भाग्यपूर्ण छ ।

सोही कारण केसीले गत पुस २५ गतेदेखि पुराना सहमति कार्यान्वयन लगायतका माग राखि इलामबाट १६ औँ पटक अनसन थालेका छन् । डा.केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ । मानव अधिकार तथा शान्ति समाज सत्याग्रही केसीसँग विगतमा भएका सहमतिहरु शिघ्र कार्यान्वयन गरी केसीले थालेको सत्याग्रहलाई उचित निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष आग्रह गर्दछ ।

साथै एउटा सत्याग्रहीसँग बारम्बार गरिएका सहमति कार्यान्वयनमा उदासिनता देखिदा आम जनमानसमा उत्पन्न हुने वितृष्णा र सरकारप्रति बढ्दो अविश्वासलाई मध्यनजर गरी विगतमा केसीसँग भएका सहमति अक्षरस कार्यान्वयन गरी त्यही विषयमा फेरी सत्याग्रह र आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न हुन नदिन मानव अधिकार तथा शान्ति समाज सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विशेष आग्रह गर्दछ ।

साथै वाइड बडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले संसदीय समितिमा नै पटक पटक झुठ बोलेको प्रमाणित भइसकेको अवस्थामा लोकतान्त्रिक मुल्य र संसदीय मर्यादाका खातिर मन्त्री अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार र अनियमिततामा संलग्न मूल पात्रहरुलाई कारबाही सुनिश्चित गर्न पनि शान्ति समाज पुन आग्रह गर्दछ ।

वि.सं.२०७५ माघ ३ बिहीवार १०:१० मा प्रकाशित

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...