back
CTIZAN AD

सम्झौता लत्याएर बन्दरगाह सिलान्यास गरिएको भन्दै स्थानीयको आपत्ति

वि.सं.२०७५ माघ ३ बिहीवार

849 

shares

 

३ माघ, किर्तीपुर । उद्योग मन्त्री मातृका यादवसँग गरिएको सम्झौता लत्याएर स्थानीयमाथि धरपकड गरेको चोभारका स्थानीयले आरोप लगाएका छन् ।

चोभार संरक्षण समितिले सरकारले चोभारमा बनाउन लागेको सुख्खा बन्दरगाहका लागि त्यहाँका जनताको समस्या समाधान पश्चात योजना थाल्ने भन्दै २०७५ मंसिर ४ गते सम्झौता गरेको भएपनि माग पूरा नगरी भूमिगत शैलीमा शिलान्यास गरेको आरोप लगाएका छन् ।

समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै धरपकडका क्रममा प्रहरीबाट समातिएका स्थानीयलाई तत्काल छोड्न आग्रह गर्दै भनेका छन्, ‘जनताको भावना विपरित विभागिय उद्योगमन्त्री आफैंले स्थानीय पीडित जनतासंग गरेको पछिल्लो समझदारी समेत लत्याएर गरिएको सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रम तत्काल रोकी जनताको माग तत्काल पूरा गर्न, गराउन आग्रह गर्दछौं ।’

‘अन्यथा जनताका न्यायोचित मागहरु पूरा गर्न, गराउन जुन सुकै स्तरको संघर्षको कार्यक्रम संचालन गर्न पनि समिति पछि नहट्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति
‘चोभारको साविक हिमाल सिमेण्ट कारखानासंग भएको संझौता कार्यान्वयन, जग्गा प्राप्ति ऐन, २०३४ संग सम्वन्धी समस्या, हिमाल सिमेण्टका नामवाट नेपाल सरकारका नाममा पछिल्लो पटक जग्गा नामसारी गर्दा गैर कानूनी रुपमा थपिएका जग्गा, कर्मचारीहरुको वाँकी तलब भुक्तानीसंग सम्वन्धीत समस्या, स्थानीय जनताको समस्या समाधान पश्चात मात्र अर्को योजना थाल्ने गत २०७५, मंसिर–४ गते उद्योग मन्त्री मातृका यादववाट जारी भएको प्रतिवद्घताको खिल्ली उडाएर यस समितिका संयोजक पंचलाल महर्जन सहित पचासौं जना स्थानीय पिडित जनतालाई विहानैदेखि घर, पसल, वाटोवाट समेत धरपकड गरेर एकाएक भूमिगत शैलीमा, स्थानीय सरकारको अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप गरी, सबै तहका जनप्रतिनिधीको असहमति र अनुपस्थितिमा चोरवाटो अपनाएर आज माघ ३ गते गरिएको शिलान्यास कार्यक्रम प्रति घोर विरोध तथा आपत्ती प्रकट गर्दछौं । शिलान्यास कार्यक्रम गर्न नेपाल सरकारले गरेको दमन, धरपकड र जनताको विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि भएको क्रुर दमन प्रति घोर विरोध तथा खेद प्रकट गर्दछौ । जनताको भावना विपरित विभागिय उद्योग मन्त्री आफैंले स्थानीय पिडित जनतासंग गरेको पछिल्लो समझदारी समेत लत्याएर गरिएको सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को शिलान्यास, निर्माण कार्यक्रम तत्काल रोकी जनताको माग तत्काल पूरा गर्न, गराउन आग्रह गर्दछौं ।
अन्यथा जनताका न्यायोचित मागहरु पूरा गर्न, गराउन जुन सुकै स्तरको संघर्षको कार्यक्रम संचालन गर्न पनि समिति पछि नहट्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
गैर कानूनी रुपमामा प्रहरी नियन्त्रणमा रहेका सचिव दिपक महर्जन, फिल्ड संयोजक ज्ञानेन्द्र महर्जन, वरिष्ठ पत्रकार कपील काफ्ले, ईन्द्र वहादुर महर्जन, मिलन खड्का, मदन के.सी., सुवर्ण महर्जन, विकास महर्जन, राजु मिजार, मधुसुदन महर्जन, कुमार महर्जन, माईला महर्जन, अनिल महर्जन, अम्कन कर्माचार्य, गोविन्द थापा, सत्य नारायण कर्माचार्य, अनिल महर्जन, रविन्द्र महर्जन, सचिन महर्जन, निरोज महर्जन, राजकाजी महर्जन, काजीलाल महर्जन, सुरेन्द्र थापा, शोभा मिजार, संगीता वोगटी, बल्केश्वर तुलाधर, किरण महर्जन, हिरा भाई महर्जन, हर्ष वहादुर महर्जन, विवश महर्जन, साजन महर्जन, अनिश श्रेष्ठ, राजेन्द्र मग्रान्ती, विश्वलाल महर्जन, विवेक मग्रान्ती, सरोज महर्जन, नारायण श्रेष्ठ, पूर्ण वहादुर महर्जन, सुनील महर्जन, मणि थापा, रामेश्वर थापा, दिनेश महर्जन “क” सुनीता शाक्य, शान्ती महर्जन, अनीता महर्जन, रमा महर्जन, हारती खड्का, धन्कु महर्जन, गुणमाया प्रधान, मिना महर्जन, दिनेश महर्जन “क”, राम महर्जन, राजभाई महर्जन लगायतका सबै आन्दोलनकारी, स्थानीय पिडित जनतालाई विना शर्त तत्काल रिकाई गरियोस् । अन्यथा ईटको जवाफ पत्थरवाट दिन जनता वाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।’

………………………..
(पञ्चलाल महर्जन)
९८५१०८५०८६
चोभार संरक्षण समिति
कीर्तिपुर न.पा.वडा नं.६, चोभार, काठमाण्डौं

 

वि.सं.२०७५ माघ ३ बिहीवार १४:१५ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...