back
CTIZAN AD

राष्ट्रिय गौरवका आयोजना : एकाध बाहेक धेरैको प्रगति औसत

वि.सं.२०७५ माघ ३ बिहीवार

789 

shares

३ माघ, काठमाडौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकाशं आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक नभएको पाइएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरणअनुसार हाल लगानी बोर्डले हेरिरहेको पश्चिम सेती जलविद्युत् आयोजनाको हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन ।

विगत २१ वर्षदेखि सो आयोजनाको प्रगति शुन्य प्रायः रहेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले प्रवद्र्धन गर्ने भनिएको आयोजनामा केही प्राविधिक विषयमा कुरा नमिलेको भन्दै फिर्ता गएको छ । सरकारले सो आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा आवश्यक निर्णय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संलग्न कार्यदल गठन गरेको थियो । सो कार्यदलले हालसम्म प्रतिवेदन तयार पारेको छैन । प्रतिवेदन तयारीको क्रममा रहेको बताइएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले प्रतिवेदन अन्तिम तयारीमा पुगेको र केही दिन भित्रै बोर्डमा पेश गर्ने तयारी गरिएको जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजनमा प्रतिवेदन तयार भएको हो ।
यस्तै राष्ट्रिय गौरवकै अर्को आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाको पनि हालसम्म समग्र भौतिक प्रगति नौ दशमलव नौ प्रतिशत र वित्तीय प्रगति दश प्रतिशत मात्रै भएको छ । विगत पाँच वर्षदेखि सो आयोजना चर्चाको केन्द्रमा छ । पछिल्लो पटक सरकारले एक चिनियाँ कम्पनीसँग आयोजनाको विषयमा आवश्यक परामर्श गरी उपयुक्त ढाँचा तयार पार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएको छ ।
एकाध पटक चिनियाँ कम्पनीसँग आयोजनाको बारेमा छलफल भएको छ । केही समय पहिले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले परामर्श जारी रहेको जानकारी दिएका थिए । आयोजनाको मुआब्जा वितरणको काम भने जारी रहेको छ । यद्यपि गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारलगायतका क्षेत्रमा हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।
आयोजनाका लागि भन्दै नेपाल आयल निगमले रु २७ अर्ब रकम जम्मा गरेको छ । पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार विन्दुमा नै प्रतिलिटर रु पाँच पूर्वाधार शुल्क लगाइएको छ । आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म करिब रु २० अर्ब मुआब्जा वितरण गरेको छ ।
यस्तै राष्ट्रिय गौरवको अर्को आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । तर पछिल्लो समय हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याकोले तोकिएअनुसार काम गर्न नसक्ने अवस्था आएपछि निर्माणको गति सुस्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोजनाले सो कम्पनीको कामलाई अर्को ठेकेदार एन्ड्रिज हाइड्रोलाई दिएर अगाडि बढाएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले आगामी वर्षको काात्तिकदेखि व्यावसायिकरूपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । प्रसारण लाइनलगायतका काम भने निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइसँग जोडिएको सिक्टा सिँचाइ आयोजनामा समस्या आएको छ । नहरमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा निर्माण व्यवसायी, परामर्शदाता र प्राविधिक कर्मचारीले जिम्मेवारी पूरा नगरेको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । बुधबार मात्रै सोही आयोजनामा भ्रष्टाचार गरेको अभियोग लागेका कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई विशेष अदालले रु चार करोड धरौटीमा रिहा गरेको छ । विगत १२ वर्षदेखि निर्माणमा रहेको सो आयोजनाको भौतिक प्रगति ५६ दशमलव सात प्रतिशत र वित्तीय प्रगति ५६ दशमलव छ प्रतिशत रहेको छ ।
यस्तै आशा लाग्दो आयोजनाको रूपमा भेरी बबई डाइभर्सन आयोजना देखिएको छ । सो आयोजनाको कूल १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म १० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । विद्युत्गृह र बाँध निर्माण लगायतका कामको ठेक्का प्रक्रिया सुरु हुने चरणमा पुगेको छ । यस्तै बबई सिँचाइ आयोजना र रानीजमरा कुलरीया आयोजनाको काम पनि प्रभावकारी नदेखिएको आयोगको विवरणमा उल्लेख छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार १४:३२ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...