back

विश्वकर्मा समाज साउदि अरबको प्रथम ऐतिहासिक वार्षिकोत्सब सम्पन्न

वि.सं.२०७५ माघ ५ शनिवार

612 

shares
GLOBAL IME AD
NTC AD

तेज थापा, साउदि अरब । एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबले आफ्नो पहिलो वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज १८ जनवरीका दिन एक कार्यक्रम सहित वार्षिकोत्सब मनाइएको हो ।

अर्जुन विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पुर्ण बहादुर सुनारले संचालन गरेका थिए भने आयोजकको तर्फबाट सन्तोष सुनारले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

नेपाली राष्ट्रिय गानको धुनसँगै सुरुवात भएको कार्यक्रमको विभिन्न चरण अन्तर्गत स्थापना कालदेखि समाजले हालसम्म गरेका गतिविधि र समाजिक सेवाहरु प्रस्तुत गर्दै महासचिवले आर्थिक तथा कार्य प्रगति विवरण सुनाएका थिए ।

कार्यक्रममा एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरब निवर्तमान अध्यक्ष चक्र बि।क।, प्रमुख सल्लाहकार टेक बहादुर विश्वकर्मा, अन्तर्राष्ट्रिय दलित महासंघका वरिष्ठ अध्यक्ष रमेश लामगाडे, एनआरएनए एनसीसी साउदि अरबका वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा, नेपाल मगर संघ प्रवास शाखा साउदि अरबका बरिस्ठ सल्लाहकार प्रेम सिंजाली मगर, एनआरटिएनसी नेपाली समाज साउदी अरबका अध्यक्ष विष्णु पोख्रेल, तमुधीं साउदि अरबका महासचिव मेक गुरुङ, सहभागी कृष्णा परियार (रिमाल) लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

त्यसैगरी एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबको आजिबन सदस्यता लिने व्यक्तिहरुलाई प्रमाणपत्र तथा खाताले सम्मानित गरिएको थियोे । सोही अवसरमा साउदि अरबको बसाइँ बिट मारि नेपाल फर्कदै गरेका संस्थापक अध्यक्ष चक्र बि. क.को बिदाइ एवा् सम्मान समेत गरिएको थियोे ।

वि.सं.२०७५ माघ ५ शनिवार ११:१४ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...