back
CTIZAN AD

साउदी अरेवीयाको जेद्दामा सोनाम ल्होसार मनाइदै

वि.सं.२०७५ माघ ५ शनिवार

942 

shares

जेद्धा । नेपाल तामाङ घेदुङ प्रवास शाखा, राष्ट्रिय समन्वय समिति, जेद्दा साउदी अरेवीयाले सोनाम ल्होसार २८५५ ड्वारफाग ल्हो (सुँगुर वर्ग) को उपलक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आउदो १ फेब्रअरी २०१९ शुक्रबारका दिन बिशेष कार्यक्रम सहित सोनाम ल्होसार मनाउने तयारी गरेको हो ।

सोनाम ल्होसारलाइ तामाङ समुदायमा बिषेश सास्कृतिक र धार्मिक महत्व राख्नुको साथै उक्त दिन लाइ नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । तामाङ घेदुङ, जेद्दा साउदी अरेवीयाले आफ्नो धार्मिक परम्परा, धर्म सस्कृती, रितिरिवाजलाइ जगेर्ना गर्ने हेतुले हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

जेद्दा सरफिया स्थित इम्पाला गार्डेन रेस्टुरेन्टमा मध्यान १२ बजे देखि सुरु गरिने कार्यक्रममा स्थानीय कलाकार भाइबहिनीहरुद्वारा तामाङ सेलो लगायत विभिन्न नेपाली मौलिकता झल्कने सांगितिक एवम् नृत्यहरु प्रस्तुत गरिने छ ।

संस्थाले नेपाली महावाणीज्य दूतावास जेद्दा लगायत त्यस क्षेत्रका विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरुलाइ उपस्थितको लागि निमन्त्रणा पठाउनुको साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थित हुनको निम्ति प्रचार–प्रसार गरेको संस्थाका अध्यक्ष दिल बहादुर तामाङ र सल्लाहकार सुप्रीम गोलेले जानकारी दिएका छन् ।

जेद्धाबाट सहयोगी ध्रुव रिजालका साथ तेज थापा

वि.सं.२०७५ माघ ५ शनिवार ११:१९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...