back

साउदी अरेवीयाको जेद्दामा सोनाम ल्होसार मनाइदै

वि.सं.२०७५ माघ ५ शनिवार

582 

shares
GLOBAL IME AD
NTC AD

जेद्धा । नेपाल तामाङ घेदुङ प्रवास शाखा, राष्ट्रिय समन्वय समिति, जेद्दा साउदी अरेवीयाले सोनाम ल्होसार २८५५ ड्वारफाग ल्हो (सुँगुर वर्ग) को उपलक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आउदो १ फेब्रअरी २०१९ शुक्रबारका दिन बिशेष कार्यक्रम सहित सोनाम ल्होसार मनाउने तयारी गरेको हो ।

सोनाम ल्होसारलाइ तामाङ समुदायमा बिषेश सास्कृतिक र धार्मिक महत्व राख्नुको साथै उक्त दिन लाइ नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । तामाङ घेदुङ, जेद्दा साउदी अरेवीयाले आफ्नो धार्मिक परम्परा, धर्म सस्कृती, रितिरिवाजलाइ जगेर्ना गर्ने हेतुले हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

जेद्दा सरफिया स्थित इम्पाला गार्डेन रेस्टुरेन्टमा मध्यान १२ बजे देखि सुरु गरिने कार्यक्रममा स्थानीय कलाकार भाइबहिनीहरुद्वारा तामाङ सेलो लगायत विभिन्न नेपाली मौलिकता झल्कने सांगितिक एवम् नृत्यहरु प्रस्तुत गरिने छ ।

संस्थाले नेपाली महावाणीज्य दूतावास जेद्दा लगायत त्यस क्षेत्रका विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरुलाइ उपस्थितको लागि निमन्त्रणा पठाउनुको साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थित हुनको निम्ति प्रचार–प्रसार गरेको संस्थाका अध्यक्ष दिल बहादुर तामाङ र सल्लाहकार सुप्रीम गोलेले जानकारी दिएका छन् ।

जेद्धाबाट सहयोगी ध्रुव रिजालका साथ तेज थापा

वि.सं.२०७५ माघ ५ शनिवार ११:१९ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...