back
CTIZAN AD

एनआरएनए साउदीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

वि.सं.२०७५ माघ ५ शनिवार

711 

shares

साउदी अरब । गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवियाले मृतकको परिवारलाई नगद आर्थिक सहयोग गरेको छ । मस्तिष्क राक्तश्रापका कारण मृत्युु भएका वेदनिधि (अरुण) चापागाईंको परिवारलाई संघले २ लाख ४५ हजार ५ सय ११ रुपैयाँ नगद सहयोग गरेको हो ।

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवीयाको कार्यसमिति सदस्य समेत रहेका स्व. बेदनिधि चापागाई (अरुण) को मृत्युुको खबर पाउनासाथ राहत संकलन गर्ने निर्णय गरेको थियो ।
अभियानमा संकलित रकम गत १५ जनवरी, २०१९ मा स्व. बेदनिधि चापागाईकी श्रीमती निर्मला कुमारी वलीको बैक खातामा विप्रेषण गरेको समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिएका छन् । त्यसैगरी एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरेवीयाको कल्याणकारी कोष मार्फत रु. ५० हजार दिने घोषणा पनि गरेको छ । एनसीसी श्रोतले दिएको जानकारी अनुसार उक्त रकम परिवारलाई छिट्टै हस्तान्तरण गरिने छ ।

साउदी अरेवीयाको जेद्दास्थित सुलेमान फकिह अस्पतालमा उपचारका क्रममा गत डिसेम्बर १, २०१८ मा अल्पायुमै चापागाईंको असामयिक निधन भएको थियोे । उनी जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्षदेखि कार्यरत थिए । कुशुम बाँके स्थाई घर भएका चापागाईं विगत बसोबास गर्दै आएका स्वर्गीय अरुणकी श्रीमती, १० बर्षकी छोरी र ३ बर्षको छोरा छन् ।

वि.सं.२०७५ माघ ५ शनिवार ११:२३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...