back

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

वि.सं.२०७५ माघ ५ शनिवार

603 

shares
GLOBAL IME AD
NTC AD

५ माघ, चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई आज यहाँ सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।

अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उहाँले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा महतले काङ्ग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उनले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गरे ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगरपालिका संयोजक खगराज कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल शिक्षक सङ्घका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, निर्वतमान अध्यक्ष टेकप्रसाद गुरुङ, नेपाल शिक्षक महासङ्घका सचिव ध्रुव पोख्रेल, नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष डा हरि कँडेललगायतले शिक्षा क्षेत्रको विविध पक्षमाथि प्रकाश पारेका थिए ।

वि.सं.२०७५ माघ ५ शनिवार १५:५८ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...