back
CTIZAN AD

काङ्ग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने

वि.सं.२०७५ माघ ५ शनिवार

1.1K 

shares

५ माघ, चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई आज यहाँ सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।

अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उहाँले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा महतले काङ्ग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उनले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गरे ।

नेपाल शिक्षक सङ्घ भरतपुर महानगरपालिका संयोजक खगराज कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल शिक्षक सङ्घका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, निर्वतमान अध्यक्ष टेकप्रसाद गुरुङ, नेपाल शिक्षक महासङ्घका सचिव ध्रुव पोख्रेल, नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष डा हरि कँडेललगायतले शिक्षा क्षेत्रको विविध पक्षमाथि प्रकाश पारेका थिए ।

वि.सं.२०७५ माघ ५ शनिवार १५:५८ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...