back

काठमाडौँमा पानी पर्ने, हिमाली भेगमा हिमपातको सम्भावना

वि.सं.२०७५ माघ ८ मंगलवार

489 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ ।
“यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो”, मौसमविद् नगरकोटीले भने । आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो ।
राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ । त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५।० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ । दाङमा न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ ।

वि.सं.२०७५ माघ ८ मंगलवार १३:१३ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...