back

प्रतिष्ठानका चिकित्सकलाई कारवाहीको सिफारिश

वि.सं.२०७५ माघ १० बिहीवार

519 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, घोराही । जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ । जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिश गरेको छ ।

गत माघ ३ र ४ गते प्रतिष्ठानमा कार्यरत चिकित्सकले बहिरङ्ग सेवा नदिई कर्तव्य पूरा नगरेकाले वरिष्ठ फिजिसियन डा जीतनारायण यादव, अर्थोपेडिक डा ओमप्रसाद अर्याल, एनेस्थेसियोजिस्ट डा सुरेन्द्र कुँवर, रेडियोलोजिस्ट डा रामेश्वर देवकोटा, पिडिया ट्रिक्स डा कृष्णहरि सुवेदी र सर्जन रमेश बस्नेतलाई कारवाही गर्न जिप्रकाले प्रतिष्ठानलाई आदेश दिएको थियो । कारवाहीको आदेशको बोधार्थ स्वास्थ्य मन्त्रालयलाई पनि पठाइसकेको जिप्रकाले जनाएको छ ।

जिल्ला प्रशासनले प्रतिष्ठानलाई लेखेको पत्रमा प्रतिष्ठानका कर्मचारीको आन्दोलनमा नेपाल सरकारअन्तर्गतका चिकित्सकले सहयोग गरी ड्युटी नगरेकाले ती चिकित्सकलाई कारवाही गर्नुपर्ने उल्लेख गरेको प्रजिअ गोविन्द रिजालले जानकारी दिएका छन् । प्रतिष्ठानले अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित छन् । चिकित्सकले तीनै कर्मचारीलाई साथ दिएर दुई दिन बिरामी जाँच गरेका थिएनन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा सङ्गीता भण्डारीले जिल्ला प्रशासनको पत्रानुसार प्रतिष्ठानले पनि कारवाही गरेर स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल लगायतको केन्द्रीय निकायमा कारवाहीका लागि सिफारिश गरिएको जानकारी दिए ।

चिकित्सक सङ्घद्वारा आपत्ति

प्रतिष्ठानका चिकित्सकलाई कारवाहीको सिफारिश गरेको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सबै कर्मचारी आन्दोलित भएको अवस्थामा अरूको सहयोगबिना चिकित्सकले मात्रै एक्लै काम गर्न सम्भव नरहेको अवस्थामा चिकित्सकलाई मात्र पूर्वाग्रही ढङ्गले कारवाहीको सिफारिश गरिएकोप्रति आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा कारवाही सिफारिश तुरुन्त फिर्ता लिन प्रतिष्ठानसँग माग गरेको छ । सिफारिश फिर्ता नलिए जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । यस्तै प्रतिष्ठानअन्तर्गतका सबै कर्मचारको माग पूरा गर्न विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७५ माघ १० बिहीवार १५:२९ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...