back
CTIZAN AD

भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी

वि.सं.२०७५ माघ ११ शुक्रवार

813 

shares

११ माघ, गाईघाट । पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की ।

विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उनले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गरे । हिजोआज त्यही व्यवसायबाट उहाँ मासिक रु ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् ।

कार्की भन्छन्,“विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर त्यहाँ लामो समयसम्म बसें तर सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्याैली पेशा भैँसीपालन नै शुरु गरें, अहिले त्यसबाट राम्रो कमाइ हुने गरेको छ ।”

चार वर्षअघि विदेशबाट फर्केपछि रु तीन लाखको लगानीमा तीन वटा भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी यो पेशा शुरु गरेका कार्कीको गोठमा अहिले आफ्नै लगानीका आठवटा लैनौ भैँसी छन् । एक वर्षदेखि आफूले दूध बिक्री गरेर मासिक रु ८० हजारसम्म आम्दानी गर्न थालेको कार्कीले बताए ।

उनले भने, “विदेशमा २० वर्ष बसेर कमाइ गरेको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गर्न सफल भएको छु ।” फार्मबाट उत्पादित दूध नजिकैको पसलदेखि गाईघाटको दूधडेरीमा बिक्री हुने गरेको कार्कीले बताए ।

अन्य युवाले परम्परागत भैँसीपालन पेशालाई त्याग्दै अन्य पेशाप्रति आवद्ध हुने गरेको बेला नैनबहादुर भने पुख्र्यौली भैँसीपालन पेशा शुरु गरेर वार्षिक रु पाँचलाख सम्म आम्दानी गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ का नै नमूना भैसीपालक कृषक भएको बताउनुहुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नभएर स्वदेशमा परम्परागत पेशाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने अहिले नैनबहादुर कार्कीले उदाहरण देखाएको शाही खोला चन्द्राप्राविका प्रध्यानाध्यापक गम्बरसिंह बरालको भनाइ छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १३:३० मा प्रकाशित

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...