back

भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी

वि.सं.२०७५ माघ ११ शुक्रवार

483 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, गाईघाट । पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका–१६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की ।

विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उनले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गरे । हिजोआज त्यही व्यवसायबाट उहाँ मासिक रु ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् ।

कार्की भन्छन्,“विदेशमा गएर राम्रो कमाइ गरिन्छ भनेर त्यहाँ लामो समयसम्म बसें तर सोचेजस्तो आर्थिक कमाइ गर्न नसकेपछि गाउँघरमै पुख्र्याैली पेशा भैँसीपालन नै शुरु गरें, अहिले त्यसबाट राम्रो कमाइ हुने गरेको छ ।”

चार वर्षअघि विदेशबाट फर्केपछि रु तीन लाखको लगानीमा तीन वटा भैँसी किनेर लालीगुराँस भैँसीपालन फार्म दर्ता गरी यो पेशा शुरु गरेका कार्कीको गोठमा अहिले आफ्नै लगानीका आठवटा लैनौ भैँसी छन् । एक वर्षदेखि आफूले दूध बिक्री गरेर मासिक रु ८० हजारसम्म आम्दानी गर्न थालेको कार्कीले बताए ।

उनले भने, “विदेशमा २० वर्ष बसेर कमाइ गरेको रकम आफूले एक वर्षभित्रै भैँसीपालन गरेर कमाइ गर्न सफल भएको छु ।” फार्मबाट उत्पादित दूध नजिकैको पसलदेखि गाईघाटको दूधडेरीमा बिक्री हुने गरेको कार्कीले बताए ।

अन्य युवाले परम्परागत भैँसीपालन पेशालाई त्याग्दै अन्य पेशाप्रति आवद्ध हुने गरेको बेला नैनबहादुर भने पुख्र्यौली भैँसीपालन पेशा शुरु गरेर वार्षिक रु पाँचलाख सम्म आम्दानी गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका– १६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार अहिले कार्की वडा नं १६ का नै नमूना भैसीपालक कृषक भएको बताउनुहुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नभएर स्वदेशमा परम्परागत पेशाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने अहिले नैनबहादुर कार्कीले उदाहरण देखाएको शाही खोला चन्द्राप्राविका प्रध्यानाध्यापक गम्बरसिंह बरालको भनाइ छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १३:३० मा प्रकाशित

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा....

पालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण

पालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर...

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु

इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...