back
CTIZAN AD

सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको काङ्ग्रेसको आरोप

वि.सं.२०७५ माघ ११ शुक्रवार

744 

shares

११ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गरे ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

यसैबीच काँग्रेस संसदीय दलले संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवं विवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ । सरकारलाई दबाब दिन काँग्रेसले संसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट आज चिकित्सा शिक्षा विधेयक पारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको छ ।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य तथा संस्दको मर्यादा कायम राख्न सङ्घर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले विधेयक सच्चाउन संसद्भित्र र बाहिर क्रियाशील रहने निर्णय गरेको छ । काँग्रेसले अनशनरत प्रा डा केसीको जीवन रक्षाका लागि सरकारसँग माग पनि गरेको छ । बैठकले सरकारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको सँघारमा पु¥याएको ठहर गर्दै यस सम्बन्धमा भएको विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १९:२६ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...