back

सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको काङ्ग्रेसको आरोप

वि.सं.२०७५ माघ ११ शुक्रवार

411 

shares
GLOBAL IME AD
NTC AD

११ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गरे ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

यसैबीच काँग्रेस संसदीय दलले संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवं विवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ । सरकारलाई दबाब दिन काँग्रेसले संसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट आज चिकित्सा शिक्षा विधेयक पारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको छ ।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य तथा संस्दको मर्यादा कायम राख्न सङ्घर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

बैठकले विधेयक सच्चाउन संसद्भित्र र बाहिर क्रियाशील रहने निर्णय गरेको छ । काँग्रेसले अनशनरत प्रा डा केसीको जीवन रक्षाका लागि सरकारसँग माग पनि गरेको छ । बैठकले सरकारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको सँघारमा पु¥याएको ठहर गर्दै यस सम्बन्धमा भएको विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १९:२६ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...