back
CTIZAN AD

कृष्ण ओलीको उपचारका लागि रु एकलाख ४६ हजार

वि.सं.२०७५ माघ ११ शुक्रवार

777 

shares

११ माघ, काठमाडौँ  । विद्युत् ‘सर्ट’ भएर दुई हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको उपचारका लागि रु एकलाख ४६ हजार सहयोग गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुशील भट्टको सक्रियतामा कतारको नेसर बिन खालिद सन एण्ड ट्रेडिङ कम्पनीमा कार्यरत मदन पौडेलले कतारमा कार्यरत नेपालीबाट सङ्कलन गरेर पठाएको रकम आज हस्तान्तरण गरिएको हो ।

उक्त रकम पीडित ओलीलाई नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले ओलीलाई हस्तान्तरण गरे । कार्यक्रममा नेता पौडेलले ओलीलाई गरिएको सहयोगले युवाहरुमा जनहितमा काम गर्ने भावना विकास भएको बताए । “हाम्रो पुस्तामा सहयोगी भावनाको विकास भएको छ”, उनले भने । ओलीको उपचारका लागि रु एक करोडभन्दा बढी रकम लाग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार १९:३१ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...