१५ माघ,काठमाडौं । नेपाल वायु सेवा निगमको बोइङ बिमान बेच्ने निर्णय आफै गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ । बोइङ बेच्ने स्वीकृतिको माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफै निर्णय गर्न भनेको हो ।
वाइड बडी बिमान खरिदमा निर्णय गर्दा अनियमितताको आरोप लागेपछि मन्त्रालय पन्छिएको बुझिएको छ । निगमले मंसिर तेश्रो साता बोर्ड बैठकबाट बोइङ बिक्रि गर्ने निर्णय गर्दै स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो । आजको नागरिक दैनिकबाट