back
CTIZAN AD

देशव्यापी रुपमा फोर जी सेवा विस्तार गर्न निर्देशन

वि.सं.२०७५ माघ १५ मंगलवार

834 

shares

१५ माघ, काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो । समितिले फोर जी सेवा विस्तारबाट आगामी पाँच वर्षमा नेपाल टेलिकमको वित्तीय अवस्था सुदृढ भई सरकारलाई प्राप्त हुने राजश्व र लाभांश दोब्बर हुने आधारसहितको विश्वसनीय व्यावसायिक योजना बनाई लागू गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

नेपाल टेलिकमको फोर जी सेवा विस्तार गर्ने निर्णय लिँदा हाल प्रक्रियामा रहेको ठेक्कालाई निरन्तरता दिने वा प्रविधिको स्तर वृद्धि गरी फोर जी सेवा उपलब्ध गराउने वा कानूनबमोजिमको सबैभन्दा छोटो प्रक्रिया अवलम्बन गरी नयाँ बोलपत्र आह्वान गर्ने विकल्पको लाभ लागत विश्लेषण गर्नसमेत भनेको छ ।

लागतको दृष्टिकोणले सबैभन्दा कम र लाभको दृष्टिकोणले सबैभन्दा बढी लाभ प्राप्त हुने विकल्प छनोट गर्न निर्देशन दिँदै समितिले उक्त निर्णयले पार्ने असर र प्रभावप्रतिको जिम्मेवारी तथा जवाफदेहिता निर्णय प्रक्रियामा संलग्न हुने सबैले बहन गर्नुपर्ने व्यवस्था गर्नसमेत ध्यानाकर्षण गराएको छ ।

समितिको बैठकमा सांसदहरुले टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिएका थिए ।

उनीहरुले समय सुहाउँदो प्रविधिका रुपमा रहेको फोर जी सेवाको विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताए । पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उनीहरुको गुनासो थियो ।

समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक वर्षभित्र फोर जी सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । मन्त्रालयले कार्ययोजना बनाएर फोर जी सेवा विस्तारलाई अगाडि बढाउन निर्देशन दिइसकेको र तोकिएको समयमै काम सम्पन्न हुनेमा आफू आशावादी रहेको उहाँले उल्लेख गर्नुभयो ।

टेलिकमले देशव्यापी रुपमा फोर जी सेवा विस्तारका लागि रु १८ अर्ब लगानी गर्न लागेको छ । टेलिकमले आगामी एक वर्षभित्र प्रमुख काम पूरा गर्ने गरी फोर जी सेवा विस्तार गर्न लागेको जनाएको छ । नेपाल टेलिकमले हाल काठमाडौँ र पोखराका छ लाख ९२ हजारलाई फोर जी सेवा उपलब्ध गराएको छ ।

वि.सं.२०७५ माघ १५ मंगलवार २०:२६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...