back
CTIZAN AD

पहिलो टी–२० मा नेपाल पराजित

वि.सं.२०७५ माघ १७ बिहीवार

645 

shares

१७ माघ, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो ।

यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३२ रन बनायो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे ।

बलिङतर्फ यूएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमद र जाहोर खानले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । साइमन अनवरले ५९ रन, मोहमद उस्मानले ३०, सीपी रिजवानले २२ तथा मोहमद बोताले अविजित २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले दुई÷दुई तथा सोमपाल कामी र अविनाश बोहोराले एक÷एक विकेट लिए । जितसँगै यूएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी–२० खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।

रेडियन्ट दोहोरो उपाधिनजिक

रेडियन्ट सातौँ एक्सेल्सियर कपअन्तर्गत सिनियर र जुनियर ब्वाइज बास्केटबलतर्फ आज यहाँ भएको खेलमा फाइनलमा प्रवेश गरेको छ । सिनियर ब्वाइजमा रेडियन्टले मोक्सदालाई ५७–३७ अङ्कले पराजित ग¥यो । रेडियन्टको जितमा उपेन्द्र बस्नेतले २२ अङ्कको योगदान गरे । फाइनलमा रेडियन्टको भेट एलआरआईसँग हुनेछ । अर्को सेमिफाइनलमा धीरन कठायतको २९ अङ्कको सहयोगमा एलआरआईले संकृतिलाई ५०–२७ अङ्कले हरायो । जुनियर ब्वाइजमा रेडियन्टले बृहस्पतिको चुनौती ३८–२० अङ्कले समाप्त पा¥यो । रेडियन्टका सञ्जिव भण्डारीले १२ अङ्क जोडे । उपाधिका लागि रेडियण्न्टले ग्रिनफिल्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

वि.सं.२०७५ माघ १७ बिहीवार २०:३० मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...