Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित, डा केसीले अनसन नतोड्ने



१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ ।

डा गोविन्द केसीले आमरण अनसन नतोड्ने भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अस्पताल पुगेर अनशन तोड्न आग्रह गरेका थिए । तर डा केसीले अनसन नतोड्ने उनका सहयोगीले बताए ।
यसैबीच नेपाल चिकित्सक सङ्घले अनशनरत् प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

सङ्घका आजीवन सदस्यसमेत रहेका प्राडा केसीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको भन्दै सङ्घले आज एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो ।

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ । साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको सङ्घले जनाएको छ ।

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्राडा केसीले १६औँ अनशन शुरु गरेका थिए । उनले अनशन शुरु भएको आज २३ दिन भएको छ । उनका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अन्त्यन्त कमजोर हुँदै गएको जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय