back
CTIZAN AD

भेनेजुयला प्रकरण, अध्यक्ष प्रचण्ड भन्छन्-‘मलाई फसायो’

वि.सं.२०७५ माघ १८ शुक्रवार

663 

shares

१८ माघ, काठमाडौं । नेपाल भन्दा १५ हजार ४४ किलोमिटर (९ हजार३४८ माइल) टाढाको मुलुक भेनेजुयलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए । दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो । भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो ।
यसअघि क्रिमिया, कतार, मालदिभ्स आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन् । तर, एकाएक भेनेजुयलाबारे दाहाल बोलेपछि राजनीतिक र कुटनीतिक वृत्तमा तरंग गएको छ । दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एक अध्यक्षले दिएको वक्तव्यले सरकारकै पनि ‘करिब’ धारणा मान्ने कूटनीतिक प्रचलन छ । स्वभाविक रुपमा यसको असर सरकार र देशभित्र पर्छ नै । अनेकौ प्रतिक्रिया आए । सरकार पनि यसबारे बोल्न बाध्य भएको छ ।
दाहालले १० माघमा वक्तव्य दिएका थिए । भोलीपल्टै नेकपाका अर्का अध्यक्ष केपी ओलीले कुनै पनि विषयमा टिप्प्णी गर्न हतारिनु नहुने बताए । अमेरिकाले परराष्ट्र मन्त्रालयमार्फत यसमा सरकारको धारणा पनि माग्यो ।
दाहालले अहिले वक्तव्यको भाषामा आफूलाई फसाइएको निकट नेताहरुसँग खुलासा गर्न थालेका छन् । ‘वक्तव्यको भाषाका विषयमा कही न कहीँ साथीहरुले मलाई फसाउनु भयो,’ दाहालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘वक्तव्य दिनु ठिकै थियो । तर, भाषामा अलि कमजोरी रह्यो । कूटनीतिक भाषा प्रयोग गर्न सकिएन ।’ आजको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ माघ १८ शुक्रवार ०७:४० मा प्रकाशित

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...