back
CTIZAN AD

गढवा गाउँपालिकामा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

वि.सं.२०७५ माघ १८ शुक्रवार

915 

shares

१८ माघ, तुलसीपुर  । दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा शल्यक्रिया गरिएको हो । गाउँपालिकामा यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवाका लागि अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकामा १२० को आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० को आँखाको जाँच गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिएका छन् । कार्यक्रमलाई निरन्तरता दिनेसमेत उनले बताए । अस्पतालले गरेको सर्वेक्षणअनुसार गाउँपालिकाको ३८ हजार ५९२ जनसङ्ख्यामध्ये ३९१ मा मोतिविन्दुको समस्या देखिएको छ ।

वि.सं.२०७५ माघ १८ शुक्रवार १३:०७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...