Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

फाँसी



laxman-adhikari

झिकेर तरबार गिंडन तिमीलाई
बढ्दा अघि मुस्काऊ नडराई
फाँसी हो उपहार श्रमिकलाई
नडराऊ प्रिय सम्झ इसलाई ।

आएर काल लान्छ तिमीलाई
विधवा, टुहुरा बनायीे हामीलाई
सम्झेर बस्छौँ आखिरी सम्म
नरोऊ प्रिय सास रहेसम्म ।

एकपल्ट हेर्ने रहर थ्यो तिमीलाई
परदेशमै शरीर जाने भो विलाई
खै बाबा भन्दै रोइदेला छोरो
त्यही वेला मुटु फुट्ने छ मेरो ।

ऋण त्यो धेरै नसकि तिर्न
गएथ्यौ परदेश यो दुख हर्न
प¥यो तिमीलाई कुन परिवन्द
बर्ष दिन देखि छौ नजरबन्द

फर्खन्छौ भन्ने आशामै थिएँ
यही खुसी मैले छोरालाई दिएँ
आखिर हुने भो तिमीलाई फाँसी
ढोग मेरो अन्तिम सिन्दुर राखी ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम