Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा



k|bz{gLdf lrq x/]s zlgaf/ lrqsf/x?n] sf7df8f}Fsf ljleGg If]qdf k’u]/ ul/Psf] …:ynut lrqsnf sfof{zfnfdfÚ agfO{Psf lrqx? g]kfn snf kl/ifbdf k|bz{gLsf qmddf M pQm lrqx? oxfF ;ft lbgsf nflu k|bz{g ul/Psf] lyof] . t:jL/ M gf/fo0f 9’ªufgf, /f;;

२७ माघ, काठमाडौ । रासस काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहेका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा बिहीबारदेखि शुरु भएको ‘सिर्जनात्मक चित्रकला महोत्सव’ अन्तर्गत अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा प्रतियोगितात्मक चित्रकला कार्यशाला आयोजना गरिएको हो । यसअघि परफरमेन्स आर्ट भावभङ्गी कला प्रतियोगिता र कार्टुन कार्यशाला तथा प्रतियोगितालगायतका कार्यक्रम भइसकेका छन् ।

चित्रकारले हनुमानढोका क्षेत्रको वास्तुकला, दरबार स्क्वायर, मन्दिर र मन्दिरका कलात्मक ढोका, टुँडाल, झ्याल, मूर्ति, घण्टीलाई क्यानभासमा उतारेका छन् । प्रतिस्पर्धाका लागि चित्रकार विनोदकुमार गुप्ता र रोशन विकेले मन्दिरमा खोपिएको कलात्मक काष्ठकलालाई दुरुस्त उतारेका छन् ।

कलाकार डिबी राईले मन्दिर क्षेत्रको विशेष महत्वका प्राकृतिक सम्पदालाई क्यान्भासमा भरे भने बुद्धि गुरुङले यहाँ राखिएको साँढेको मुर्तिसहितका दुश्यलाई समाएका छन् ।

अधिकांश चित्रकारले यहाँका प्राकृतिक र ऐतिहासिक सम्पदालाई क्यान्भासमा उतारेको बताउँदै अध्यक्ष गुरुङले आज अपराह्न विजेता घोषणा गर्ने तयारी भएको जानकारी दिए । प्रतियोगिताका लागि महोत्सव संयोजक रमेशनाथ खनाल, एनबी गुरुङ र डिराम पाल्पाली छन् । नयाँ र पुराना पुस्ताका कलाकार एकै ठाउँमा बसेर यसरी चित्र कोर्दा अनुभव आदानप्रदान हुने र चित्रकलासमेत निखारिने अग्रज चित्रकार शङ्करराजसिंह सुवालले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारीले यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताउँदै आफ्नो विभागले समेत विभिन्न कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार