back

काम गर्न भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा

वि.सं.२०७५ माघ २८ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD

२८ माघ, बैतडी । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।

“काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ ।

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताए । उदयदेव महिला बचत तथा ऋण सहकारी पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी मुस्याचोर र निङ्लाशैनी बचत तथा ऋण सहकारी देहीमाण्डौँमा आवद्ध परिवारका सदस्यको बीमा गर्न थालिएको छ । ‘एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’सँग मिलेर बीमा गर्ने गरिएको छ ।

“आप्रवासी कामदारको बीमाको किस्ता रुडेस र नगरपालिकाले तिर्ने गरेका छौँ”, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, “भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले दुर्घटनामा परेपछि समस्या हुने गरेको थियो । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परे सजिलोहोस् भनेर बीमा गर्न थालेका हौँ ।”

वि.सं.२०७५ माघ २८ सोमवार १५:०३ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...