back

२५ वर्षदेखि बाँझो रहेको बारी पाँच युवाले हरियाली बनाए

वि.सं.२०७५ माघ २८ सोमवार

492 

shares
GLOBAL IME AD
NTC AD

२८ माघ, परशुराम । डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा रु २५ लाख आम्दानी गरेका छन् ।

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् । यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन् । तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताए ।

अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताउँछन् । उनले भने, “रु दश लाख लगानी गरी यस वर्ष रु २५ लाख कमाइ भएको छ ।” बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उनको भनाइ छ । सीतारामका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमआ झण्डै १२० दिन रोजगारी दिएको छ ।

आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । सञ्चालक सदस्य दत्तराजले भने, “कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन् ।”

सिँचाइ अभाव र खेतीबारे ज्ञान नहँुदा समेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट बताउछन् । यहाँ उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ ।

वि.सं.२०७५ माघ २८ सोमवार १५:०९ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...