back
CTIZAN AD

प्राविधिक शिक्षाका लागि रु ७० लाख सङ्कलन

वि.सं.२०७५ फागुन ५ आइतवार

612 

shares

५ फागुन, गलकोट ।  बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ ।

विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म नौ दिन स्वर्ण महोत्सव मनाउँदैछ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिएका थिए ।

विद्यालयले डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाका लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बनाएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा कृषि तथा पशु विज्ञान विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताएका थिए ।

खत्रीले भने, “कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्राविधिक शिक्षा सञ्चालन अभियानमा छौँ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले दुर्गमका विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले आधारभूत विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिकास्तरीय प्राथमिकतहस्तरीय पदमचन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय वक्तृृत्वकला प्रतियोगिता, खुला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबल लगायतका प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

वि.सं.२०७५ फागुन ५ आइतवार १३:०७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...