back
CTIZAN AD

खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

वि.सं.२०७५ फागुन ५ आइतवार

729 

shares

५ फागुन, गाईघाट ।  उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ ।

गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास होमस्टे सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको गढीका एक घरबास सञ्चालक कृष्णदेव धमलाले बताए ।

पर्याप्त खानेपानीको व्यवस्थापन हुननसक्दा गढीका स्थानीयवासीले समेत अहिले पिउने पानीको निकै कष्ट भोग्नुपरेको स्थानीयवासी गङ्गा कार्की बताए । घरबास सञ्चालक यादव राईका अनुसार टाढाको मुहानबाट गाउँपालिकाले सामान्य खानेपानीको धाराको व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नहुँदा समस्या आएको राई बताउछन् ।

राई भन्नछन् “धारामा पानी एक समय सानो आउँछ, बिहानदेखि गाउँलेको पानी भर्न भीड लाग्छ, दुई घण्टामा बल्ल एक गाग्री पानी भरिन्छ, यसरी पालैपालो पानी भर्न दिनभर कुर्नुपर्ने बाध्यता रहँदै आएको छ ।”

गढी घुम्न आएका पर्यटकले समेत पर्याप्त पानी नपाउँदा घरबासमा बास बस्न मान्दैनन् र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेको अर्का एक घरबास सञ्चालक धनप्रसाद धमला बताउछन् ।

पृथ्वीनारायण शाहले नपाल एकीकरण गर्नुअघि उदयपुरको चौदण्डीगढी र उदयपुरगढी छुट्टै सेनवंशी राजाले राज्य गर्दै आएको र उदयपुरगढीमा उदय सेनले राज्य गर्ने गरेकाले यसको छुट्टै पहिचान रहेको उदयपुरगढीका बुद्धिजीवी तथा समाजसेवी बोधकुमार घिमिरे बताए ।

अहिले नेपाल सरकार, पर्यटन मन्त्रालयले तयार गरेको पर्यटनको सय सूचीमध्ये उदयपुरगढी पनि एक भएको तर यहाँ लामो समयदेखि खानेपानीको समस्या नै मूल समस्या रहेको समाजसेवी घिमिरे बताए ।

उदयपुरगढीलाई पर्यटन केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समेत अहिले विभिन्न योजना ल्याएको भए पनि जबसम्म खानेपानीको समस्या समाधान हुँदैन, तबसम्म गढीमा पर्यटन विकासको कल्पनै गर्न नसकिने स्थानीयवासी रामप्रसाद खतिवडाको धारणा छ ।

अहिले उदयपुरगढीलाई पर्यटन विकासका लागि दृश्यावलोकन स्तम्भ निर्माण, सडक, विद्युत्जस्ता कार्य व्यवस्थापन हुँदै गए पनि खानेपानीको व्यवस्थान भने अझै प्रभवकारी ढङ्गबाट हुननसकेको स्थानीयवासी तथा घरबास सञ्चालकको गुनासो छ ।

यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मोहन केपछाकी मगर भन्नछन्, “गढीमा खानेपानी समस्या सबैभन्दा जटिल रहेकाले स्थानीय सरकारले केही साना खानेपानी योजनाबाट अहिलेसम्म खानेपानीको व्यवस्था गर्दै आएको छ ।”

तर अहिलेको खानोपानी व्यवस्थापनले यस क्षेत्रमा समस्या समाधान नहुने हुनाले प्रदेश सरकारसँग रु एक करोडभन्दा बढीको खानेपानी व्यवस्थापनका लागि बजेट माग गरेर स्थानीय सरकारको बजेटबाट समेत बृहत खानेपानी योजना सञ्चालनका लागि तयारी गरेको अध्यक्ष मगर बताउछन् ।

उदयपुरगढीलाई पर्यटकीय विकास गर्न र स्थानीयवासीको समेत जटिल समस्या समाधान गर्न अहिले खानेपानीको समस्या समाधन नै पहिलो खुड्किलो रहेको आम गढीवासी बताउँछन् । यसतर्फ केन्द्र सरकारको उचित ध्यान जानुपर्ने आम गढीवासीको धारणा छ ।

वि.सं.२०७५ फागुन ५ आइतवार १३:१२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...