back
CTIZAN AD

मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै

वि.सं.२०७५ फागुन ६ सोमवार

1.1K 

shares

६ फागुन, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् ।
बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ ।
चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय बितिसके पनि नगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयनमा आएको छैन । स्थानीयबाट बजार क्षेत्रभित्र घर टहरा निर्माण गर्दा सडकबाट छोडिनु पर्ने न्यूनतम दुरी नराखी घर टहरा निर्माण भइरहेका छन् । घर निर्माण गर्दा अनिवार्य नक्सा पास र स्वीकृत लिनुपर्ने प्रावधान पनि नगरवासीले मिचेका छन् । बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मापदण्ड मिचेर घर बनाउनुका साथै सडकमा निर्माण साम्रगी राखेर आवतजावतमा समेत अवरोध पुराएका छन् ।
अतिक्रमण गरेर बनाइएका टहराले बजार क्षेत्रका सडकमा चल्ने सवारी साधानलाई गाह्रो भएको सनराइज यातायात जीप चालक रवि जीसीले बताए । जिल्लाभित्र मात्र होइन जिल्लाको तातोपानी, रारालिही, कुडारी, सिजासमेत क्षेत्रमा दिनदिनै सडकमै घर टहरा थपिएका छन् । सडक मिचेर बनाइने घर टहरा र पक्की घरनै नक्सा पास गरेका छैनन् । यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न सकिँदैन चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जनसिंह कठायतले बताएका छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भए पनि जनप्रतिनिधिले काम गर्न सकेको छैन भन्छन् स्थानीय कालीबहादुर रोकाया । नगरपालिकाले फोहोर व्यवस्थापन, सडक, ढल, खानेपानीलगायतका पूर्वाधारसमेत पुरानै शैलीबाट सञ्चालन गरिरहेका छन् । तर नगरपालिकाले व्यवस्थित गररै यसलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्ने तयारी रहेको जनाएको छ ।
पाँच वर्षको आवधिक योजना निर्माण थालिसकेकाले केही महिनाभित्र आवधिक योजना बनेपछि त्यसलाई टेकेर नगर क्षेत्रको विकासका काम हुने नगरपालिका प्रमुख कात्तिका सेजुवालले बताएका छन् । प्रमुख सेजुवालले घर टहरा निर्माणमा मापदण्ड कार्यान्वयन गर्न चुनौती रहेकाले सबैले सहयोग गर्नुपर्ने बताए । स्थानीय सरकारलाई ऐन कानून बनाउन प्रदेश कानून बनि नसकेकाले गाह्रो भएको उनको भनाइ छ । हामीले हाम्रो नगरपालिकाको कानून बनाई सकेपछि कसैले पनि कानून र कार्य विधि मिचेर कुनै संरचना निर्माण गर्न पाउने छैनन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार ११:१० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...