back

परियोजना बन्द हुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य

वि.सं.२०७५ फागुन ६ सोमवार

414 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, दुल्लु ।  दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत परियोजना बन्द अवस्थामा रहेको छ ।

५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत उत्पादन बन्द भएको हो ।

विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य ऊर्जाको २४ लाख र तत्कालीन विसाला गाउँविकास समितिको पाँच लाख गरी कूल रु ५१ लाखको लागतमा उक्त परियोजना सञ्चालनमा ल्याइएको परियोजना सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

परियोजना बन्द हुँदा स्थानीय २०९ घरधुरी अध्यारोमा बस्न बाध्य छन् । ‘आर्थिक अभावले उपकरण खरीद गर्न सकिएन,’ परियोजनाका अध्यक्ष शाहीले भने,“समितिको कोषमा रकम नभएकाले गाउँपालिकामा सहयोगका लागि अनुरोध गरेका छौ ।” काठको पोल पटक÷पटक ढल्ने भएकाले परियोजनामा समस्या उत्पन्न हुँदै आएको अध्यक्ष शाहीको भनाई छ ।

ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गैरागाउँ लद्यु जलविद्युत आयोजना निर्माणका लागि रु ८ लाख विनियोजन गरेको बताए, “गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर रकम विनियोजन भइसकेको छ,” अध्यक्ष शाहीले भने, “अब केही महीनाभित्र जलविद्युत् परियोजना मर्मत गरी सञ्चालनमा ल्याउँछौ,’ त्यसपछि यहाँका नागरिक अध्यारोमा बस्नुपर्दैन् ।”

वि.सं.२०७५ फागुन ६ सोमवार १४:१३ मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...