back
CTIZAN AD

कतार नेपाली एकता समाज सलता एरियाको भेला सम्पन्न

वि.सं.२०७५ फागुन ६ सोमवार

723 

shares

कतार । कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला १५ फेब्रअरीका दिन भव्यरुपमा सम्पन्न गरेको छ ।

एरिया समिति अध्यक्ष शालिक राम पुनको अध्यक्षता प्रमुख अतिथी केन्द्रीय सचिवालय सदस्य लुमाकान्त पुन, विषेश अतिथी केन्द्रिय सल्लाहाकार सत्य बहादुर पुन उपस्थिती रहेको कार्यक्रममा एरियाका सचिव तेजविर घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
भेलाले नौ सदस्यीय कार्यसमिति र ३ सल्लाहाकार गरी जम्मा १२ सदस्यीय सलता एरिया समिति गठन गरेको हो । जसमा अध्यक्ष, मिन बहादुर वि.क –(प्युठान), उपाध्यक्ष, बोम बहादुर बुढा (प्युठान), सचिव तेजविर घर्ती मगर (प्युठान), कोषाध्यक्ष डिल बहादुर वि.क (प्युठान) र सदस्यहरुमा केशर पुन (प्युठान), होम बहादुर थापा (तनहुँ), अगनु चौधरी (दाङ), मिन बहादुर पुन (दाङ), तेज बहादुर घर्ती (दाङ) रहेका छन् ।

त्यस्तै समाजको सल्लाहाकारमा सत्य बहादुर पुन (दाङ), लुमाकान्त पुन (दाङ) र मिन राज पुन (दाङ) रहेका छन् ।

भेलाका प्रमुखअतिथी लुमाकान्त पुनले समसामयिक विषयसस्तु तथा संगठन सम्बन्धी धारणा राखेका थिए ।

संगठनको धारणा राख्दै प्रमुख अतिथी लुमाकान्त पुनले कतारमा नेपाली एकता समाज १९९९ देखि गठन भएको बताउँदै दुईदशक पार गर्ने क्रममा धेरै आरोह अबरोहका बीचमा पनि निरन्तर अगाडी बढेको र कतार नेपाली एकताले लिएको नीति नै आम मजदूर वर्गहरुको हितमा रहेको वताउदै आगामी दिनहरुमा यस समितिमा जिम्मेवारी पदमा रहेर काम गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई समाजमा लगनशिल भएर काम गर्ने छन् भन्ने आसा राखेको बताएका थिए ।

त्यस्तै नवनियुक्त एरिया समितिका सम्पूर्णलाई शुभकामना दिएका थिए । विशेष अतिथी सत्यबहादुर पुनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

भेलामा उपस्थित सम्पूर्णलाई भेलाका अध्यक्ष शालिकराम पुनले धन्यवाद दिदै कार्यक्रम सौहद्रपूर्ण वातारणमा समापन भएको घोषना गरेका थिए ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:४३ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...