back
CTIZAN AD

प्रजातन्त्रलाई जनमुखी गराउनु आवश्यक : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

वि.सं.२०७५ फागुन ७ मंगलवार

672 

shares

७ फागुन, काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले दिवसका अवसरमा आज शुभकामना सन्देश वक्तव्य जारी गर्दै प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गरेका छन् ।

संविधानको मर्मअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘प्रजातन्त्रका मुलभूत मान्यताहरु कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार जस्ता विशेषताहरुको संवद्र्धन, प्रवद्र्धन एवं विकास गर्दै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु जरुरी देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७५ फागुन ७ मंगलवार ०९:२९ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...