back
CTIZAN AD

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छ : उपराष्ट्रपति

वि.सं.२०७५ फागुन ७ मंगलवार

612 

shares

७ फागुन, काठमाडौ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताएका छन् ।

वि.सं.२०७५ फागुन ७ मंगलवार ०९:१९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...