back

विराटनगरमा चालिस लाखको सयपत्री आयात

वि.सं.२०७३ कात्तिक १५ सोमवार

525 

shares
IME Limited
NTC AD

उर्लाबारी (मोरङ),  तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ ।

नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष झँै यस वर्ष पनि करिब रु ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरिएका हुन् ।

चाडबाडका समयमा स्थानीय नर्सरीको योगदान २५ प्रतिशत मात्र हुने गरेको पुष्प व्यवसायी शम्भुुप्रसाद सिंहले बताउनुभयो । गत वर्ष बन्द र हडतालका कारण व्यापार हुन सकेको थिएन । यस पटक भने विराटनगरमा फूलको व्यापार राम्रो भएको व्यापारीले बताएका छन् ।
लामो समयसम्म वर्षा भएका कारण फूल उत्पादन गर्न भने गाह्रो भएको र स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको उनीहरुको भनाइ छ । अन्य समयमा रु ५० पर्ने एउटा मालाको तिहारको बेला रु ७० तिर्नु परेको उपभोक्ताको गुनासो छ । रासस

वि.सं.२०७३ कात्तिक १५ सोमवार १२:३७ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...