back
CTIZAN AD

विराटनगरमा चालिस लाखको सयपत्री आयात

वि.सं.२०७३ कात्तिक १५ सोमवार

939 

shares

उर्लाबारी (मोरङ),  तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ ।

नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष झँै यस वर्ष पनि करिब रु ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरिएका हुन् ।

चाडबाडका समयमा स्थानीय नर्सरीको योगदान २५ प्रतिशत मात्र हुने गरेको पुष्प व्यवसायी शम्भुुप्रसाद सिंहले बताउनुभयो । गत वर्ष बन्द र हडतालका कारण व्यापार हुन सकेको थिएन । यस पटक भने विराटनगरमा फूलको व्यापार राम्रो भएको व्यापारीले बताएका छन् ।
लामो समयसम्म वर्षा भएका कारण फूल उत्पादन गर्न भने गाह्रो भएको र स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको उनीहरुको भनाइ छ । अन्य समयमा रु ५० पर्ने एउटा मालाको तिहारको बेला रु ७० तिर्नु परेको उपभोक्ताको गुनासो छ । रासस

वि.सं.२०७३ कात्तिक १५ सोमवार १२:३७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...