back
CTIZAN AD

दोहोरो अङ्कले बढ्यो शेयर बजार

वि.सं.२०७५ फागुन ७ मंगलवार

744 

shares

७ फागुन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ ।

सबै उपसमूहको शेयर कारोवार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५, वित्त स्थिर रहेको छ ।

निर्जीवन बीमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१।२८ र जीवन बीमा २५१.७३ बिन्दुले बढेको छ । बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् ।

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड २७ लाख ९३ हजार नागरिक लगानी कोष रु ९७ लाख १९ हजार ६९०, नेपाल बैंक लिमिटेडको रु ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोवार भयो ।

वि.सं.२०७५ फागुन ७ मंगलवार १७:०८ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...