back

दोहोरो अङ्कले बढ्यो शेयर बजार

वि.सं.२०७५ फागुन ७ मंगलवार

372 

shares
GLOBAL IME AD
NTC AD

७ फागुन, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको सात लाख १४ हजार ८७६ कित्ता शेयर रु २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएको छ ।

सबै उपसमूहको शेयर कारोवार वृद्धि हुँदा बजारमा सकारात्मक परिवर्तन देखिएको हो । बैंकिङ १४.६९, होटल २३.०५, विकास बैंक २१.१६, जलविद्युत् २७.०५, वित्त स्थिर रहेको छ ।

निर्जीवन बीमा १५३.९३, उत्पादन ६.१३, अन्य १५.५४, लघुवित्त ४१।२८ र जीवन बीमा २५१.७३ बिन्दुले बढेको छ । बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशत बढीले कमाएका छन् ।

यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले १० प्रतिशतले गुमाउँदा खानीखोला हाइड्रोपावर ३.७५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.४६ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड २७ लाख ९३ हजार नागरिक लगानी कोष रु ९७ लाख १९ हजार ६९०, नेपाल बैंक लिमिटेडको रु ८९ लाख ९२ हजार ४९५ बराबरको शेयर कारोवार भयो ।

वि.सं.२०७५ फागुन ७ मंगलवार १७:०८ मा प्रकाशित

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष...

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलाकै एक लाख ९० हजार ६००

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलाकै एक लाख ९० हजार ६००

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...

एक करोड १५ लाख लिटर दूध प्रशोधन

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...