७ फागुन, शिकागो । अमेरिकाको मध्यभागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।
सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीले थप विवरण दिन अस्विकार गरेका छन् ।
उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिएका छन् ।
वि.सं.२०७५ फागुन ७ मंगलवार १७:१२ मा प्रकाशित