back
CTIZAN AD

साबधान अभिभावक

वि.सं.२०७५ फागुन ८ बुधवार

777 

shares

बालबालिकाका अगाडि राम्रै भएपनि धेरै कुराहरु नबोल्नु, नदेखाउनु, नभन्नु भन्छन् । बालबालिकाको कलिलो मष्तिष्क हुने हुनाले उनीहरुले जे देख्यो त्यहि प्रयोग गर्न उत्सुक हुने भएकाले अभिभावकले त्यस्ता कुरामा ध्यान पु¥याउन जरुरी हुन्छ ।

काठमाडौंमै अभिभावकसँग रहेका एक ४ वर्षे बालकले आफ्ना हजुरबाले चुरोट खाएको देखेछन् ।  चुरोट सबैले खानहुन्छ भन्ने मष्तिस्कमा राखेका ती बालकले   घरमा आएका पाहुनालाई ‘तपाई चुरोट खानुहुन्न ?’ भनेर सोधेर हैरानै पारेछन् ।

त्यस्तै अर्को कुरा , प्यारेन्स डे का दिन आफ्नो बाबुलाई स्कुल लैजान खोजेकी बालिकाले बाबुलाई स्कुल सँगै जाउ भनेर अनुरोध गरिछन् । अर्कै कुरामा रिसाएका बाबुले ‘जान्न त्यो मु….स्कुलमा’ भनेर जवाफ फर्काएछन् । आमा पनि सँगै रहिछन् । बाबु नगएपछि आमाले स्कुल लिएर गइछन् । स्कुलमा ‘बाबालाई ल्याइनौं ?’ भनेर क्लास टिचरले भनिछन् । उनले जवाफमा ‘मेरो बाबाले त मु… स्कुलमा जान्न’ भन्नुभएको थियो भनेर कुरा लगाइछन् । त्यो सुनिरहेकी आमाले मिससँग भनिछन् ‘खोइ मैले त त्यस्तो सुनिन।’

त्यस्तै सामाजिक बौद्धिक अभियन्ता बाबुलाल भण्डारीले पनि बालबालिकाका अगाडी धेरै कुरा गर्न नहुने बताउँछन् । उनले सामाजिक संजाल फेसबुकमा अभिभावकलाई साबधान रहन भन्दै समाजमा बालबालिकाले आफ्ना अभिभावकले गरेको कामहरु देखेर आफूमा पनि प्रयोग गरेको केही दुःख लाग्दा उदाहरण दिएका छन् ।

उनले लेखेका उदाहरण
१–म्याग्दी बेनीको धेरै वर्ष अघिको सत्य घटना हो । सम्बन्धित व्यक्ति अझै जीवितै रहेकोले परिचय खुलाइएन । केटाकेटीहरुले बाख्राको पाठोलाई खसी बनाएको देखेछन् । बर्खाको बेला बाबुआमा र सबै ठूला मान्छे खेतको काममा ब्यस्त हुँदाहुन् र स्कुल जाने उमेर नभइसकेका केटाकेटी जम्मा भएर भाँडाकुटी खेल्दै थिए । देखासिकी गर्ने बाल स्वभावै हो । उनीहरु पनि खसी पार्ने खेल खेल्न थालेछन् । तिनीहरु मध्येको एक जना खसी बन्न तयार भएछ र अरु सबै मिलेर उसका अण्डकोष ढुङ्गामाथि राखेर माथिबाट ढुङ्गाले हिर्काएछन् । पहिलो प्रहारमै बच्चा बेहोश भयो । तर अरुले उसले सञ्चो मान्दैछ भन्ने अड्कल गरे । बारबार प्रहार गरेर उनीहरुले उसका दुबै अण्डकोष फुटाइदिए । ती व्यक्तिको पछि विवाह त भयो तर अहिलेसम्म सन्तान भएका छैनन् । कारण सायद त्यही होला ।

२–दोश्रो घटना बाग्लुङ्ग कालिकाको नजिक कुनै गाउँको हो । बच्चाहरुले दशैंमा कोटमा राँगोको मार हानेको देखेछन् । पछि कुनै दिन साना साना बच्चाहरु त्यही खेल खेल्न तयार भएछन् । एक जना राँगो बनेछ । अरुले उसलाई समाएछन् । घर भित्रबाट ठूलो खुर्पा ल्याइएछ र ती मध्ये एकजना मारहान्न तयार भएर खुर्पा उजाएछ । संयोगले कसैले ऐजन मौकामा यो डरलाग्दो खेल देखेछ र रौं प्रमाणले यो भवितव्य हुन रोकिएछ । कल्पना मात्रले पनि जीउ सिरिङ्ग हुन्छ ।
३– एउटा आपबिती पनि राखिहालौँ
मासु अक्सर किनेरै ल्याइन्छ । दशैंको मार पनि मिलेसम्म बाहिरै हान्ने व्यवस्था मिलाइन्छ । एकपटक धेरै वर्ष अघि काठमाण्डौको किरायाको घरमा घडीचरो काटियो । ४ वर्षे सानी छोरीले हरिरहेकी थिइन् । रगत भल्भली आएको र घडी चरो तड्पिएर मरेको उनले देखिन् । ‘यसलाई कति दुखेको होला है !’ भनेर उनले दुखमनाउ गरेको अहिले पनि सम्झिन्छु म ! तर बाल मस्तिष्कमा यस घटनाले यस्तो गम्भीर असर गर्यो कि नानीले त्यहाँदेखि मासु खान छोडिदिइन् । कहिलेकाहीँ बडा नकाम गरिएछ भनेर थक्कथक्क लागिरहन्छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १५:२० मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...