८ फागुन, काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन नभइकन विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको नेपाली कांग्रेका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञिप्तिमा त्यस्ता दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत नेपाली सरकारको ध्यानार्कषण गराइएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ ।
तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको छ ।
नेपाल सरकारले ती विद्यार्थीहरुको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाओस्, नेपाली कांग्रेस सम्पूर्ण तदारुकताका लागि हार्दिक अपिल गर्दछ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।’
जय नेपाल ,विश्वप्रकाश शर्मा
वि.सं.२०७५ फागुन ८ बुधवार १५:५४ मा प्रकाशित