
वानीको जंघार तर्दा कुन्नी कता भुल भयो ।
यो जीन्दगी दरम माथी भत्किएको पुल भयो ।
नउदाउँदै अस्ताएको पूर्णिमाको जूनजस्तो,
पहराको लहरामा अल्झिएको फूल भयो ।
खै कस्तो घुम्ती आयो मोडिदिए सफर सारा,
त्यही भुल जुनी–जुनी मुटु घोच्ने सुल भयो ।
सोच्थे आफै जीन्दगी,सागरको गहिराई हो,
विडम्बना खडेरीमा सुकिजाने मुल भयो ।
कता गयो घाम मेरो, सपनाको याम मेरो
भनिदेऊ न सहयात्री कहाँ नेर भुल भयो ?
वि.सं.२०७५ फागुन ८ बुधवार १६:२६ मा प्रकाशित