back
CTIZAN AD

बाँदर समात्न भारतबाट शिकारी, एउटा समातेको २ हजार

वि.सं.२०७५ फागुन ८ बुधवार

708 

shares

८ फागुन, खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।
केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो । बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए ।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पु¥याउन नगरपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिाइएको हो ।

एउटा बाँदर समातेवापत शिकारीलाई रु दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ । आगामी जेठ मसान्तभित्रमा २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १६:३९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...