back
CTIZAN AD

प्रजातन्त्र जीवनमरणको सवाल : सभापति देउवा

वि.सं.२०७५ फागुन ८ बुधवार

729 

shares

८ फागुन, वीरगञ्ज । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए ।

प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली काङ्ग्रेस सधैँ तयार रहेको बताए ।

वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताए । उनले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताए ।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुकको अन्य प्रदेशभन्दा प्रदेश नं २ नमूना प्रदेश बन्ने बताए । नीति निर्माताका कारण प्रदेश नं २ को विकास हुन नसकेको भन्दै उहाँले मुलुकको हितभन्दा निश्चित व्यक्तिको हित भइरहेकाले प्रदेश नं २ मा उद्योगधन्दाको विकास हुन नसकेको बताए ।

सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली काङ्ग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए ।

सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टाले निजीक्षेत्रको लगानीले अर्थतन्त्रको विकासमा योगदान प¥ुयाउने भएकोले प्रदेश नं २ को आर्थिक विकासका लागि सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

चार वर्ष लगाएर बनेको सो १० तले होटलमा दुई हल, स्वीमिङग पुल, जिमखाना गरी ६० कोठा रहेका छन् । वितीय संस्थाको ऋण लगानीमा निर्माण भएको सो चारतारे होटलको कुल लगानी रु एक अर्ब करोड रहेको छ ।

वि.सं.२०७५ फागुन ८ बुधवार १६:४३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...