back

विजयी खेलाडीलाई पुरस्कार प्रदान

वि.सं.२०७३ कात्तिक १७ बुधवार

771 

shares
GLOBAL IME AD
NTC AD

भक्तपुर, १७ कात्तिक । जिल्लाव्यापी प्रथम तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा छ स्वर्ण, एक रजत, एक कास्यसहित ‘द’ च्यालेन्जर तेक्वान्डो डोजाङले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट भएको प्रतियोगिताका संयोजक श्याम बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा पुरुष जुनियर तर्फ ‘द’ च्यालेन्जरका ३८ देखि ४२ वर्ष उमेर समूहका सुजन लामा र ५८ देखि ६३ वर्ष समूहमा सुमन मारिखुले स्वर्ण हात पारेका छन् ।

त्यस्तै महिला जुनियर तर्फ २३ देखि २६ वर्ष उमेर समूहकी रितिका महर्जन, ३५ देखि ३८ वर्ष उमेर समूहकी समिता सापकोटा, ३८ देखि ४२ वर्ष उमेर समूहकी निर्मल कुटुव, ४२ देखि ४६ वर्ष समूहमा कसिश श्रेष्ठ र ४६ देखि ४९ वर्ष उमेर समूहमा एलिसा लामाले स्वर्ण पदक हात पारेकी छिन् ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र छ कास्य पदकसहित सल्लाघारी तेकन्डो डोजाङ दोस्रोस्थान हासिल गरेका छन् । सल्लाघारीले पुरुष तर्फ २३ देखि २६ वर्ष उमेर समूहमा पुकार जोशी, ३५ देखि ३८ वर्ष उमेर समूहका उज्वल श्रेष्ठले स्वर्ण हात पारेका छन् भने ५४ देखि ५८ वर्ष उमेर समूहमा पनि सल्लाघारीकै किसन श्रेष्ठले स्वर्ण पदक हात पारेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र तीन कास्यसहित स्टार गणतान्त्रिक समूहले तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा स्टार गणतान्त्रिकका किरण छुस्याकी उत्कृष्ठ पुरुष खेलाडी र श्रीपद्य माविकी अञ्जली चौगुठी उत्कृष्ठ महिला खेलाडी भएका छन् ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीलाई एमाले केन्द्रीय सदस्य सोम मिश्रले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा १६ डोजाङका १२८ पुरुष र ५५ जना महिला खेलाडीसहित १८३ खेलाडी सहभागी भएको समितिका अध्यक्ष दिलीप केसीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०९:५७ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...