back
CTIZAN AD

विजयी खेलाडीलाई पुरस्कार प्रदान

वि.सं.२०७३ कात्तिक १७ बुधवार

1.6K 

shares

भक्तपुर, १७ कात्तिक । जिल्लाव्यापी प्रथम तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा छ स्वर्ण, एक रजत, एक कास्यसहित ‘द’ च्यालेन्जर तेक्वान्डो डोजाङले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट भएको प्रतियोगिताका संयोजक श्याम बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा पुरुष जुनियर तर्फ ‘द’ च्यालेन्जरका ३८ देखि ४२ वर्ष उमेर समूहका सुजन लामा र ५८ देखि ६३ वर्ष समूहमा सुमन मारिखुले स्वर्ण हात पारेका छन् ।

त्यस्तै महिला जुनियर तर्फ २३ देखि २६ वर्ष उमेर समूहकी रितिका महर्जन, ३५ देखि ३८ वर्ष उमेर समूहकी समिता सापकोटा, ३८ देखि ४२ वर्ष उमेर समूहकी निर्मल कुटुव, ४२ देखि ४६ वर्ष समूहमा कसिश श्रेष्ठ र ४६ देखि ४९ वर्ष उमेर समूहमा एलिसा लामाले स्वर्ण पदक हात पारेकी छिन् ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र छ कास्य पदकसहित सल्लाघारी तेकन्डो डोजाङ दोस्रोस्थान हासिल गरेका छन् । सल्लाघारीले पुरुष तर्फ २३ देखि २६ वर्ष उमेर समूहमा पुकार जोशी, ३५ देखि ३८ वर्ष उमेर समूहका उज्वल श्रेष्ठले स्वर्ण हात पारेका छन् भने ५४ देखि ५८ वर्ष उमेर समूहमा पनि सल्लाघारीकै किसन श्रेष्ठले स्वर्ण पदक हात पारेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र तीन कास्यसहित स्टार गणतान्त्रिक समूहले तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा स्टार गणतान्त्रिकका किरण छुस्याकी उत्कृष्ठ पुरुष खेलाडी र श्रीपद्य माविकी अञ्जली चौगुठी उत्कृष्ठ महिला खेलाडी भएका छन् ।

कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीलाई एमाले केन्द्रीय सदस्य सोम मिश्रले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा १६ डोजाङका १२८ पुरुष र ५५ जना महिला खेलाडीसहित १८३ खेलाडी सहभागी भएको समितिका अध्यक्ष दिलीप केसीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०९:५७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...