
१२ फागुन,काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईको अनिश्चिता अब भने हटेको छ । स्वदेशी लगानीमा निर्माणधिन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्रै परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।
लामोसाँघु चरिकोट सडकको अवरोधका कारण आएको ढुवानी समस्या र भारतीय ठेकेदार कम्पनी टेक्सम्याकको समस्याले पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा आयोजना सम्पन्न हुने मितिमा देखिएको अनिश्चितता पनि हटेको छ । प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोहि आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य गरिहेको अष्ट्रियन ठेकेदार कम्पनी एन्ड्रिज हाइड्रोलाई तल्लो पेनस्टक जडानको काम दिएर काम सुरु गरेसँगै आयोजनाको निर्माण कार्यले लय लिएको छ । आजको कारोबार दैनिकमा भिम गौतमले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १२ आइतवार ०८:१७ मा प्रकाशित